नेपाल शिक्षक संघमा वीरेन्द्र यादवको सम्पुर्ण प्यानल विजयी

बाँके,फागुन २९-
नेपाल शिक्षक संघ बाँकेको आठौं जिल्ला अधिवेशनले आगामी कार्यकालको लागि वीरेन्द्र कुमार यादवको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । नपालगंजको मंगल प्रसाद मा.वि.मा शनिबार भएको निर्वाचनमा यादव भारी मतले विजय हुनुभएको हो । अध्यक्ष सहित ३० पदमा स्पष्ट प्यानल सहित २ प्यानलबाट ६० जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

कुल ११ सय ४४ मत मध्ये ८ सय ९७ मत मात्र  खसेको थियो । उक्त मतमा वीरेन्द्र यादवले ८ सय ६ मत ल्याउँदै भारी मतले विजयी हुनुभएको छ भने उहाँका प्रतिस्प्रर्धामा देखिएकी पुुष्पा लक्ष्मी अर्यालले ९१ मत मात्र ल्याउन सफल हुनुभएको छ । अबेर राती ३ बजे सम्म चलेको मतगणना अनुसार यादवका सम्पुर्ण टिम विजयी भएको छ ।

(वीरेन्द्र यादवका प्यानलका विजयीहरुको नामावली सहित)
१.अध्यक्ष :- वीरेन्द्र यादव
२ उपाध्यक्ष  महिला  :- पुष्पा शर्मा
३ उपाध्याक्ष :- शेखर रावत
४ सचिव  :- ऋषि शर्मा
५ सचिव अर्थ :- नारायण लामिछाने
६ सहसचिव :- विर बहादुर विष्ट
७ सहसचिव  :- महिला टुल्की थापा
८ सहसचिव अर्थ महिला :- यहोदा उपाध्याय
९ सहसचिव समावेशी :- विक्रम शर्मा, अम्मर बहादुर राना

सदस्यहरु 
१ कृष्ण गोपाल शर्मा खुल्ला तर्फ
२ रफिउद्धिन खाँ खुल्ला तर्फ
३ दिल्ली गिरी खुल्ला तर्फ
४ दिपेन्द्र वाग्ले खुल्ला तर्फ
५ यशोदा शाहा महिला तर्फ
६ राम कुमारी हमाल महिला तर्फ
७ शोभा मल्ल महिला तर्फ
८ शिव प्रसाद सापकोटा मनोनित तर्फ

प्रदेश प्रतिनिधी तर्फ
१ दिलिप शाह खुल्ला तर्फ
२ दिपेन्द्र कँडेल खुल्ला तर्फ
३ मोहनलाल खड्का खुल्ला तर्फ
४ छब्वन अलि कबडिया खुल्ला तर्फ
५ तुलाराम खत्री खुल्ला तर्फ
६ देविका अर्याल महिला तर्फ
७ गीता क्षेत्री महिला तर्फ
८ लक्ष्मी सिंह थापा महिला तर्फ

संघिय प्रतिनिधी तर्फ
१ रुद्र ओली खुल्ला तर्फ
२ छत्र रेग्मी खुल्ला तर्फ
३ अम्बर लाल यादव खुल्ला तर्फ
४ पवन यादव खुल्ला तर्फ
५ मिना चन्द महिला तर्फ
६ बन्दना विष्ट महिला तर्फ
नवनिवार्चीत सदस्यहरुले आज दिउँसो नै सपथ ग्रहण लिने कार्यक्रम रहेको जानाएका छन् ।