ओखलढुंगा बाट निर्बाचनमा खटिएका म्यादि प्रहरीलाई बिदाइ

सिर्जना बर्देवा/
ओखलढुंगा, पौष, ७-

Okhaldhunga district

प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी भर्ना गरिएका म्यादी प्रहरीलाई बिदाई गरिएको छ । जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले आज एक कार्यक्रमको अयोजना गरि उनिहरुलाई बिदाई गरेको हो ।

जिल्लामा निर्वाचार लक्षित ५ सय ३७ म्यादी प्रहरी छनोट भएका थिए । उनिहरुलाई निर्वाचन सफल गर्न महत्वपुर्ण भुमिका खेलेकोमा धन्यवाद दिदै प्रमाण सहित बिदाई गरिएको ओखलढुंगा प्रहरी निरिक्षक टिका कार्कीले बताए ।

उनिहरुलाई नेपाल सरकारले तोके बमोजिम प्रहरी जवान सरह ५५ दिनको तलवभत्ता,दुर्गम क्षेत्रमा खटिएकालाई स्थानिय भत्ता,पोशाक वापत ४ हजार,यातयात खर्च र निर्वाचनको समयमा खटिएकालाई ५ सयका दरले एक हप्ताको भत्ता सहित बैक खातामार्फत उपलब्ध राईएको हो ।

म्यादी प्रहरीहरुले पनि सिमीत समयमा भएपनि देशको सेवा गर्न पाउदा खुशी ब्यक्त गरेका छन् । प्रहरीको बिदाई संगै राष्ट्रिय बाणिज्य बैकमा रकम झिक्नेको भिड लागेको छ ।