सागर आले ३१ डिसेम्बरमा फुकुओका आउदै : कार्यक्रमको तयारी अन्तीम चरणमा

जापान,पुस,५-

नेपाल आदिबासी जनजाती महासंघ क्युसु जापानले यहि डिसेम्बर ३१ तारिक अर्थात नयाँ वर्षमा फुकुओकामा गर्न लागेको लाईभ कर्न्सट (live concert ) कार्यक्रमको तयारी अन्तीम चरणमा पुगेको छ । 

कार्यक्रमलाई सभ्य, भब्य र मनोरञ्जनात्मक बनाउनको निम्ती नेपालबाट छोटो समयमा नै राष्ट्रिय कलाकारहरु सरह ख्याती कमाउन सफल बहुप्रतीभाशाली कलाकार सागर आले मगर सहित चर्चीत डान्सर मिरा दर्लामी मगर र फुकुओकाको फुकु डान्स ग्रुप लगायत जापानमा बसोबास गर्ने अन्य नेपाली लोकल कलाकारहरुको विजोड प्रस्तुती रहने संघका सचिव मिलन मगरले बिहानी अनलाईलाईलाई जानकारी दिनुभयो ।

फुकुओकामा नेपालीहरुको उल्लेख्नीय चाप रहेको र नयाँ वर्ष अर्थात डिसेम्बर ३१ तारिखका दिन अन्य कुनै पनी कार्यक्रम नभएको हुँदा कार्यक्रम भव्य रुपमा सम्पन्न हुने अपेक्षा गरिएको आयोजकले बताएको छ । कार्यक्रम हाकताको तेन्जीङमा रहेको एप्पल स्टोरको अगाडीको हलमा बेलुका ५ बजेबाट राती ९ बजे सम्म हुनेछ । 

 

तसर्थ कार्यक्रममा उपस्थित भइ कार्यक्रमलाई सफल बनाउन सबै जापानबासी नेपालीहरुलाई नेपाल आदिबासी जनजाती महासंघले हार्दिक निमन्त्रणा गरेको छ । कार्यक्रम जापानका विभिन्न स्थानमा हुने भएकोले जापानमा बसोबास गर्ने नेपाली दाजुभाई दिदि बहिनीले आफूलाई पायक पर्ने ठाँउमा गई कार्यक्रम हेरी मनोरञ्जनात्मक लिन सक्नु हुनेछ । 

(जापानका कुनकुन ठाउँमा हुदै छ कार्यक्रम )

कार्यक्रम यहि डिसेम्बर २४ तारिखका दिन मगर संघ मेगुरोको आयोजनामा टोक्यो हुदै छ भने , २५ डिसेम्बरका दिन नेपाल मगर संघ तोतिगी क्षेत्रीय समितीको आयोजनामा हुँदैछ । त्यपछि ३० तारिखका दिन नेपाल मगर संघ जापानको आयोजनामा नागोया हुदै छ।

त्यस लगत्तै नेपाल आदिबासी जनजाती महासंघ क्युसु क्षेत्रीय जापान समितीको आयोजनामा डिसेम्बर ३१ मा फुकुओकामा हुदैछ, भने अन्तीम कार्यक्रम नयाँ वर्ष जनवरी १ तारीखका दिन चितवन समाजको आयोजनामा ओसाका हुँदै छ ।  जापानको कार्यक्रम सकेलगत्तै सागर नयाँवर्ष कार्यक्रमका लागि अष्ट्रेलिया जाने भएका छन् ।