कर शिक्षाको महत्व जगाउन बाँकेमा जनचेतनामुलक कर शक्ति अभियान शुरु

बाँके,पुस ५-कर शिक्षाको महत्व जगाउन आजदेखि बाँकेमा जनचेतनामुलक कर शक्ति अभियान शुरु भएको छ । सबैले कर तिर्नु पर्ने र तिर्ने कर बमोजिमको सार्वजनिक सेवा पाउनु पर्ने भन्ने कुराको शन्देश फैलाउन जिल्लाको एक्टिभष्टिा नामक युवा समूहले कर शक्ति अभियान शुरु गरेको हो ।

नेपालगञ्जको ब्राइटल्याण्ड कलेजबाट जनचेतनामूलक अभियानको थालनी गरिएको एक्टिभिष्टा टिमकी युवा अल्ब्रिना सिंहले बताउनुभयो । कार्यक्रममा कर किन तिर्ने र करलाई कसरी न्यायोचित बनाउने भन्ने बारेमा जानकारी गराइएको थियो ।अभियान अन्तर्गत् सार्वजनिक स्थानहरुमा शन्देशमुलक प्रदर्शनीहरु समेत गरिने एक्टिभिष्टाले जनाएको छ ।