भारत संग नेपाल ८-० गोलले अहिले सम्मकै लज्जास्पदले हार्यो

फाईल तस्विर !!

जापान,साउन,१५-साफ यू-२० च्याम्पियनसिप फुटबलमा भारत संग नेपालले लज्जास्पद हार व्यहोरेको छ ।

भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आइतबार भएको खेलमा भारतसँग नेपाल ८-० गोल अन्तरले पराजित भएको हो ।

भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगोईले दुई गोल गरे ।टाइसन सिंह, हिमान्सु जान्ग्रा, टन्कधर बाग, मोहमद सुहिब, सुभो पाउलले एक एक गोल गरेका थिए ।

एकतर्फि एक खेल पस्किएको भारतले पहिलो हाफमा १ गोल गरेपनि दोस्रो हाफमा भने निकै आक्रमक बन्दै लगातार गोलको वर्षा गरेको थियो ।

नेपालले अन्तिम खेलमा बंगलादेशसँग मंगलबार प्रतिस्पर्धा गर्नेछ ।शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्ने छन् ।च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।