संसदमा सरकारमाथिको विश्वास घटेको एमाले अध्यक्ष ओलीको टिप्पणी

काठमाडौं,असार,१३-प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सरकारमाथिको विश्वास घटेको टिप्पणी गर्नु भएको छ।

बुधबार प्रतिनिधिसभामा मतदानमार्फत् बजेट पारित भएलगत्तै उहाँले सञ्चारकर्मीमाझ सो प्रतिक्रिया व्यक्त गर्नु भएको हो।अध्यक्ष ओलीले संसदमा प्रधानमन्त्रीमाथिको विश्वास ९९ दशमलव ९९ प्रतिशतबाट झरेर ५३ प्रतिशतमा पुगेको देखिएको बताउनु भयो। एमालेको माग अनुसार बजेट पारित गर्नका लागि प्रतिनिधिसभा बैठकमा मतदान भएको थियो।

ओलीले भन्नु भयो-‘गठबन्धनसँग बहुमत थियो।बजेट पारित हुनु स्वभाविक हो।हामीले आफ्नो मत देखायौं।९९ दशमलव ९९ प्रतिशतबाट ५३ प्रतिशतमा झर्यो प्रधानमन्त्रीमाथिको विश्वास भन्ने त्यहाँ देखियो।अरु त्यसमा केही भनिरहनु परेन।’

अध्यक्ष ओलीले सत्तारुढ दलहरुसँग बहुमत भएकाले बजेट पारित हुनुलाई आफूहरुले स्वभाविकै रुपमा लिएको बताउनु भयो ।