काठमाडौं, वैशाख,६-प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरस संक्रमति व्यक्ति स्वस्थ भइ अस्पतालबाट ‘डिस्चार्ज’ भएकामा उहाॅंको आरोग्यको कामना गर्नुभएको छ ।
नेपालकी दोस्रो कोरोना संक्रमित बिरामी उपचारपछि निको भएर शनिबार घर फर्किएकी हुन् ।काठमाडौंकी १९ वर्षीया ती युवती टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी थिइन् ।
प्रधानमन्त्री ओलीले उहाॅंको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीहरू लगायतलाई बधाइ तथा धन्यवादसमेत व्यक्त गर्नुभएको छ ।
‘कोरोनाभाइरसबाट संक्रमित दोस्रो बिरामी आज पूर्ण स्वस्थ भइ अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । उहाँको आरोग्यताको कामनासहित उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीहरू तथा सम्बद्ध सबैलाई बधाइ तथा धन्यवाद ।’–प्रधानमन्त्री ओलीको ट्वीटमा लेखिएको छ ।
गएको चैत ४ गते ती युवती फ्रान्सबाट नेपाल आएकी थिइन् । चैत १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि ‘आइसोलेसन’मा राखेर उपचार गरिएको थियो । ईमेजबाट
कोरोना भाइरसबाट संक्रमित दोस्रो विरामी आज पूर्ण स्वस्थ भई अस्पतालबाट डिस्चार्ज हुनुभएको छ। उहाँको आरोग्यताको कामना सहित उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीहरू तथा संबद्ध सबैलाई बधाई तथा धन्यवाद ।
— K P Sharma Oli (@kpsharmaoli) April 18, 2020