
काठमाडौं,साउन,३०-सुचना , मनोरन्जन अनि समाचारका लागि एउटा अत्यन्तै सरल माध्ययम हो रेडियो । देशमा पछिल्लो पटक संचारको विकास द्रुत गतिमा वढेसगैं रेडियोको स्थापनामा पनि बृद्दि आयो । फलस्वरुप अहिले जस्तो युट्युब् फेसबुक/अनि टिकटकको लोकप्रीयता जस्तै कुनैबेला ईलोक्टोनिक मिडिया भएकाले रेडियोकोपनि चर्चा धेरै थियो ।
यस क्षेत्रमा लाग्ने युवायुवितिहरुको संख्यामा पनि ह्वातै वृद्दि आएको थियो ।झन्डै एक दशक बितेपश्चात अहिले रेडियो सुन्नेको संख्या सायद निकै कम भईसको महशुस हुन्छ । अहिले बाटोमा हिड्दै गरेको लक्का जवान युबालाई सोध्नुहोस त के तपाई अझै रेडियो सुन्नुहुन्छ ? सायद जवाफमा तपाईले अब हामीले चर्चा गर्न लागेको बिषयको उत्तर पाउनुहुनेछ ।
अहिलेको नयां पिढी त रेडियोसगं अनबिज्ञ प्राय देखिन्छ । कुनैबेला विशेषत ग्यालमरको सज्ञां दिन मिल्ने रेडियो अनि टेलिभीजनमा लोकप्रीयता कमाउने धुनमा थुप्रै युवा जमात तन मन अनि धन खर्चेर लागेको पाईन्थ्यो।आखीर किन रेडियो अनि टेलीभीजनको लोकप्रीयतामा कमि आएको होला त ? सरकारले एफएम रेडियोको लाईसेन्स दिनमा कतिपनि कञ्जुसाई नगर्दा अहिले टोल टोलमा च्याउ झै खुलेका अधिकाशं रेडियोहरुमा नया जेनेरेशन यानि अहिलेका युवापिढिको वलियो पकड छ।
प्रमाणपत्र तह सक्काएका ,स्नातक तहमा पड्दै गरेका धेरैजसो केटाकेटिहरु यो फील्डमा ईच्छुक भएको खेखिन्छ । २०६४ सालपश्चात नेपालमा खुलेका सवैजसो ईलोक्टोनिक मिडीयामा ८० प्रतिशत योगं जेनेरेशन छ । रेडियो फील्डमा छोटो समयमा लोकप्रीय हुन सकिने अनि करियर भन्दा पनि पार्ट टाईमका रुपमा लिन खोज्ने धेरैजसो ढुलमुले प्रवृतिका युवायुवतिहरुले यहाका सचारमाध्यमहरुका लागि आवश्यक कर्मचारीहरु फुलफील गरेका छन् ।
गुणस्तरियता र व्यवसायीकतालाई सगंसगै लैजानुर्पे अवस्थामा नेपालका सचांर उधमिले पनि खालि व्यवसायीकतामा मात्र जोड दिदा सचांरक्षेत्रमा भविष्य वनाउन चाहाने युवावर्गकालागि सोचेअनुसारको भबिष्य भने देखिदैन । देशमा वढेको वेरोजगारि समस्या अनि सानोतिनो काममा भएपनि ईगेज होऔ भन्ने नेपाली प्रवृतिका कारण अझैपनि रेडियोले कर्मचारीको अभाव भने महसुस गर्न पाएको छैन ।
त्यसो त रेडियो नयां प्रबिधिसंगै परीबर्तन हुन नसक्दा सायद अहिले सोसल मिडिया हाबि भएको हुन सक्छ । अर्कातर्फ हेर्दा समय परीबर्तनशिल छ , नयां नयां प्रबीधि आएसंगै रेडियो अनि टेलिभीजनको लोकप्रीयता खस्कीनुपनि स्वभाबिक नै मान्न सकीन्छ ।
वास्तवमै क्षमतावान अनि रेडियो फील्डमा भविष्य वनाउन खोज्ने युवापीढि एफएम लाईनमा होमिन्थे । तर अहिले त्यो समय रहेन , मार्केटले थेग्न नसक्ने रेडियो स्टेसन खोल्नु अनि त्यसमा आवद्द सचांरकर्मिको योग्यतामाथि श्रोतहरुवाट नै प्रश्न चिन्ह खडा हुनु यि यावत कुराहरुले गर्दा पछिल्लो समयमा रेडियोको लोकप्रियता खस्कियो , सगंसंगै यस क्षेत्रमा सोचेअनुसारको आम्दानि समेत गर्न नसिकिने भएका कारण दिर्घकालिन रुपमै यसमा टिकेर काम गर्ने युवाढिकोको संख्या भने पक्कै ओरालो लाग्ने क्रममा छ ।
रेडियोमा लामो समय व्यतित गरेका पुराना रेडियोकर्मिहरुको भनाईलाई उल्लेख गर्ने हो भने पनि अव त्यो दिन रहेन जतिवेला रेडियो कै लागि घर परिवार अनि छरछिमेकवाट काम गर्नकै लागि प्रोत्साहन मिल्थ्यो ,तर त्यो अहिले विगत वनिसकेको छ । एक दशकमा नेपालमा भएको संचारको विकास अनि यसले ल्याएको परिवर्तनलाई हामिले देखिसकेका छौं तथापि यसमा मेरुदण्डको भुमिका निर्वाह गर्ने सवैखाले कर्मचारीको मापदण्ड हुने कि नहुने या खालि परिवर्तनमात्र हेर्ने ।
विषय सोचनिय छ । यसर्थ अव रेडिया संचालन गर्ने उधमि अनि यससंग सम्वन्धित सम्पुर्ण क्षेत्रमा परिवर्तनको खाचों छ , रेडियोको गुणस्तरियता अनि व्यवस्थापनका लागि गतिलो सरकारी मापदण्डपनि ।