प्रतिनिधिसभा बैठकको भोलीका लागी सम्भावित कार्यसूची सार्वजनिक

काठमाडौं,फागुन,१४-आइतबार (भोलि)को प्रतिनिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।

संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले सार्वजनिक गर्नुभएको कार्यसूचीमा एमसीसी सम्झौताको विषयमा सामान्य छलफल हुनेछ । प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नुहुनेछ ।

यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०७७/७८ पनि पेश हुने सार्वजनिक गरिएको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

गत आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा एमसीसी प्रस्ताव टेबल गरिएको थियो भने त्यसपछि बिहीबार र शुक्रबारलाई बोलाइएको प्रतिनिसभाको बैठक सरकारकै आग्रहमा स्थगित गरिएको थियो ।

अमेरिकाले एमसीसी परियोजना अनुमोदन गर्न सोमबारसम्मको समयसीमा दिएको अवस्थामा भोलि नै एमसीसी सम्झौता अनुमोदन हुनसक्ने देखिएको छ ।

यद्यपि यसका लागि सत्ता साझेदार दलहरु एकीकृत समाजवादी र माओवादी केन्द्र सहमत छैनन् ।

सत्ताधारी दुई घटक एमसीसी पास गर्न सहमत नभएपछि नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँगको वार्तालाई पनि समानान्तर ढंगले अगाडि बढाइरहेको छ ।