नेपाल शिक्षक महासंघद्वारा आज गरेको आन्दोलनका कार्यक्रम सम्पन्न

गुल्मी,कार्तिक,१६-
नेपाल शिक्षक महासघं मदाने गाउँपालिकाको निर्णय र नेपाल शिक्षक महासंघ केन्द्रीय समितीको निर्देशन अनुसार शिक्षकका पेसागत हकहितको लागि घोषणा गरिएको चरणबद्व आन्दोलनको कार्यक्रम अन्तर्गत देशभरका स्थानिय तहमा धर्ना, बिरोध र कोणसभा गरिने कार्यक्रम भएको हुदा सरकारी सेवा सुबिधा लिने सम्पुर्ण शिक्षक तथा कर्मचारी मित्र हरुलाईआज मिति २०७५ साल कार्तिक १६ तेस्रो चरणको आन्दोलनको पहिलो दिनको स्थानीय तहमा धर्ना तथा बिरोधको कार्यक्रम मदाने गाउँपालिकामा सम्पन्न भएको छ।

श्री पृथ्वी मा बि पुर्कोट दह बाट बिहान ठिक ११ बजे सुरु भएको मौन जुलुस दिउँसो १ बजे मदाने गाउँपाकिकाको कार्यालय पुगि धर्ना दिएको थियो। त्यस पछि दिउ२:३० बजे उक्त बिरोध सभा कोण सभामा परिणत भएको थियो। सोही कोणसभाको अध्यक्षता नेपाल शिक्षक महासंघ मदाने गाउँपालिका अध्यक्ष बोम बहादुर कुँवरले गर्नु भएको थियो भने सञ्चालन सचिब ढाल बहादुर राउतले गर्नुभएको थियो।

उक्त कोणसभालाई नेपाल शिक्षक संघ मदाने गाउँपालिकाका उपाध्यक्ष बिष्णु कुँवर, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मदाने गाउँपालिकाका अध्यक्ष धिरेन्द्र भट्टराई, नेपाल शिक्षक संघ मदाने गाउँपालिकाका अध्यक्ष घनश्याम भट्टराई, नेपाल शिक्षक संघ जिल्ला कार्य समितिका सह सह सचिव बासुदेब घिमिरे, नेपाल

राष्ट्रिय शिक्षक सङ्गठनका केन्द्रिय प्रतिनिधि हेमराज अर्याल र अखिल नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका केन्द्रिय सदस्य दशरथ घिमिरेले शिक्षकको पेसागत हक अधिकारको लागि जस्तो सुकै कदम चाल्न तयार रहनु पर्ने कुरामा सम्पुर्ण शिक्षकहरुलाई प्रोत्साहित गर्नुभएको थियो।साथै कोणसभाको अन्त्यमा अध्यक्ष बोम बहादुर कुँवरले राज्य विभिन्न नामका शिक्षक रुप बर्ग बनाई फुटाउ र राज गर भन्ने सिद्धान्तलाई प्रयोग गरेकोमा अब सम्पुर्ण नेपाली शिक्षक कर्मचारीहरु चनाखो भइसकेको बताउनु भएको थियो।

जनप्रतिनिधिको रूपमा काम गर्ने ब्याक्तिले आज कार्यालयमा दैनिक उपस्थित नभईकन पनि मासिक तलब भत्ता खादा बिधालयमा काम गर्ने कार्यालय सहयोगी र कर्मचारीको मासिक तलब कति छ? यो मजदुरहरुले पाउने न्युनतम ज्याला भन्दा धेरै कम हुदा सरकारले गरेको निर्णयको बिपरित भएकोले लाज मान्नु पर्ने बताउनु भएको थियो।

साथै अन्त्यमा सम्पुर्ण उपस्थित शिक्षक कर्मचारीहरुलाई हृदय देखि हार्दिक आभार व्यक्त गर्दै कार्तिक ३० गतेको जिल्लामा हुने बिरोध तथा धर्ना कार्यक्रममा सम्पुर्ण शिक्षक कर्मचारीलाई उपस्थितिको लागि आग्रह गर्दै अध्यक्ष कुवरले अप्राह्न्न ४ बजे बिरोध सभा समापन भएको घोषणा गर्नु भएको थियो। समाचार गुल्मीबाट बोम बहादुर कुवँरको सहयोगमा तयार पारिएको हो ।