तिपाडा मार्तडी सडकखण्ड अवरोध पछि सञ्चालनमा

रमित बि.क.,

बाजुरा,असार,२२-

तिपाडा मार्तडी सडक खण्ड अवरोध पछि आजबाट सञ्चालनमा आएको छ । हिजो बेलुकाको अविरल बर्षाले अवरोध भएको तिपाडा मार्तडी सडकखण्ड आज पहिरो पन्छ्याईएपछि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक दल बहादुर बोगटीले बताउनुभएको छ ।

बाटो अबरोध भएपछि यात्रुहरुलाई केही सास्ती भोग्नु परेको थियो । आज विहान नेपाल प्रहरी र स्काईभेटरले सडक मर्मतपछि नियमित सञ्चालन आएको थियो । उता सुदुरपश्चिम बस काउन्टरका जीवन थापाका अनुसार अघि अघि सडक मर्मत गदैँ गरेको पछि पछि पहिरो पनि आईरहेकोले अझैँ गाडीहरु नियमित सञ्चालन गर्ने गाह्रो हुने उहाँको भनाई रहेको छ । हाललाई गाडीहरु बल्देबाट सञ्चालन भईरहेको बताउनुभएको छ ।