आर्मी र जावलाखेल विजयी,मछिन्द्र र एनआरटीको लगातार दोस्रो हार

काठमाडौं,फाल्गुन,२५-शहीद स्मारक ए डिभिजन लिगको जारी सिजनमा साविक विजेता मछिन्द्र एफसीले सुरुमै लगातार दुई हार बेहोरेको छ ।

च्यासल मैदानमा बिहीबार भएको खेलमा मछिन्द्र साविक उपविजेता त्रिभुवन आर्मी एफसीसँग २-० ले पराजित भयो । यसअघि पहिलो खेलमा मछिन्द्र जावलाखेल युथ क्लबसँग ३-१ ले पराजित भएको थियो ।

आर्मीलाई सिजनको पहिलो जित हात पार्ने क्रममा दुवै गोल दोस्रो हाफमा गरेको थियो।आर्मीका लागि दिपक गुरुङले ४८औं मिनेटमा पहिलो गोल गरेका थिए । नवयुग श्रेष्ठले ५९औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे ।

जितपछि दुई खेलबाट आर्मीले ४ अंक जोडेको छ । लगातार तेस्रो पटक उपाधि जित्ने लक्ष्यमा रहेको मछिन्द्र भने लगातार दुई हारपछि अंकबिहीन छ ।

यसैविच :जावलाखेल युथ क्लबले लगातार दोस्रो जित हात पारेको छ।पहिलो खेलमै साविक विजेता मछिन्द्रलाई हराएको जावलाखेलले एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा एनआरटीलाई २-० ले हराउँदै सिजनको दोस्रो जित निकालेको हो ।

जावलाखेलका लागि कप्तान सिमान्त थापाले ६८औं र फोडे फोफानाले ७७औं मिनेटमा गोल गरे।एनआरटीका लागि सन्जिव विष्टले ८०औं मिनेटमा गोल फर्काए पनि हार टार्न पर्याप्त भएन ।

पहिलो खेलमा सातदोबाटो युथ क्लबसँग उही नतिजामा पराजित भएको एनआरटी लगातार दोस्रो हारपछि अंक बिहीन छ।पहिलो खेलमा मछिन्द्रलाई हराएको जावलाखेलको भने ६ अंक भएको छ ।