दोस्रो “फुकुओका नेपाल फुटसल लिग” अगष्ट ५ तारिख बाट

फुकुओका नेपाल फुटसल लिगमा ९ टिमको सहभागिता

फाईल तस्विरमा : फुकुओका नेपाल फुटसल लिग २०२३ को लोगो !!

टोकियो,जापान,१६-जापानको फुकुओकामा दोस्रो “फुकुओका नेपाल फुटसल लिग” हुने भएको छ।फुकुओका नेपाल फुटसल एशोसिएसनको आयोजनामा फुकुओका फुटसल लिग हुन लागेको हो।

आगामी अगस्टको ५ तारिख बाट सुरु हुने फुकुओका नेपाल फुटसल लिग क्युशुमा स्थापित भएका प्रवासी नेपाली फुटसल क्लबहरु बीच “भाइचारा अभिवृद्धि र स्वास्थ्यको लागि खेलकुद भन्ने नाराका साथ”लिगको आयोजना गर्न लागेको फुकुओका नेपाल फुटसल एशोसिएसनका संयोजक रोबन मगरले बिहानी अनलाईन डटकमलाई जानकारी दिनुभयो।

उहाँका अनुसार लिगमा ९ टिमको सहभागिता रहेको छ।साथै लिग विजेता टिमले ट्रफि मेडल र प्रमाण पत्र पाउने छन्।लिगमा सहभागी हुँन एक टिममा १५ जना हुनुपर्नेछ।सहभागी खेलाडी,म्यानेजर र कोचको ट्रयाक सुट र टि-सर्टमा अनिवार्य लिगको लोगो प्रिन्ट गरिएको हुनुपर्ने आयोजकले जनाएको छ । 

( फुकुओका नेपाल फुटसल लिगमा सहभागी हुने टिमको नामावली )

१. श्री गणेश खुकुरी एफसी
२.ओहासी एफसी
३.यूनाईटेड एफसी
४.कुरुमे एफसी
५.गोनीन एफसी
६.ईभी एफसी
७.गोर्खा ब्रदर्स
८.हिगासी एफसी
९.केआईसी ईगल एफसी रहेका छन् ।

साथै पहिलो वर्ष फुकुओका नेपाल फुटसल लिगको विजेता गोर्खा ब्रदर्स टिम भएको थियो ।