कैलालीका बिभिन्न ठाउमा निर्वाचन सचेतना कार्यक्रम अन्तरगत सडक नाटक प्रस्तुत

पवन मुडभरी/
बौनीयाँ,मङसीर,१२-
आसन्न मङसीर २१ मा हुने दोस्रो चरणको निर्वाचनलाई मध्यनजर गरी निर्वाचन आयोग कैलालीको आयोजना, राष्टिय नाचघरको संयोजन र लोटस युवा क्लव टीकापुरको प्रस्तुतीमा कैलालीका बिभिन्न ठाउमा निर्वाचन सचेतना कार्यक्रम अन्तरगत सडक नाटक प्रस्तुत गरीएको छ ।

कैलालीको टिकापुर देखी सुरु गरिएको उक्त कार्यक्रम सोमबार लम्की,चुहा, बौनिया र सुखडका बिभिन्न ठाउमा सडक नाटक प्रस्तुत गरीएको छ ।

निर्वाचनका बिषयमा आम मतदातालाई सचेत र निर्वाचन शिक्षा दिने उद्दश्यले कार्यक्र सुरु गरीएको र कार्यक्रम जील्लाका १३ वटै स्थानीय तहमा गर्ने गरी तयारी भईरहेको कार्यक्रम संयोजक ज्ञानेन्द्र कार्कीले जानकारी दिनु भएको छ ।