१६ दिने महिला हिंसा विरुद्धको अभियानले सार्थक नपाएको आरोप

नेपालगन्ज,मंसिर१२-
१६ दिने महिला हिंसा विरुद्धको अभियान बर्षैा देखि मनाउदै आएतापनि यो दिवशले सार्थकता पाउन नसकेको एक कार्यक्रममा चिन्ता व्यक्त गरीएको छ । महिला मानवअधिकार रक्षक सन्जाल बाँकेको आज बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

महिला मानबअधिकाररक्षक संजान बाँकेका अध्यक्ष अछरी पोखरेलको अध्यक्षतामा बसेको बैठकले १६ दिने महिला हिंसा विरुद्धको अभियान प्रत्येक बर्ष संचालन गरीएता पनि कमि आउन नसकेको भन्दै महिला अधिकारकर्मी गुनासो व्यक्त गरेका हुन । बैठकले महिला हिंसाका घटनामा पनि कमि नआएको निष्कर्ष निकालिएको छ ।

बैठकले मुलुकभरी १६दिने महिला हिंसा विरुद्धको अभियान नोभेम्वर २५देखि डिसेम्वर १० सम्म विभिन्न सरकारी गैरसरकारी संघसस्थाले आयोजना गर्ने गरेता पनि महिला हिंसाका घटनामा कमि नभएको भन्दै महिला हिंसाका घटनामा बृद्धि हुनुको कारणमा मोबाइल, फेसबुक, पितृसत्तात्मक सोच, महिलालाइ हेर्न मानसिकता परिवर्तन हुन नसकेको, महिला स्वयंले पनि हिंसाका घटना लुकाउने गरेको, प्रहरी प्रशासनले महिलाको व्यवास्ता गर्ने गरेको आरोप लगाएका छन् ।

बैठकमा मानिनिय साविया प्रविण अन्सारी,पुर्वमाननिय मोहम्मदी सिद्धिकि,संजालका कोषाध्यक्ष मैमुना सिद्धिकि,सदस्यहरु विन्दा खरेल,रस्मीता धानुक,खीमा रेग्मी,लक्ष्मी राना,खिमा रेग्मी,कमला गैरे,पदमा विष्ट लगायतको उपस्थिति रहको थियो ।

बैठकले मंशिर १४ गते महिला मानबअधिकार रक्षकका सदस्यहरुका निम्ति प्रशिक्षण संचालन गर्ने , १६दिने महिला हिंसा विरुद्धका अभियानमा क्रियाशील भएर लाग्ने,डिसेम्वर १०को दिनमा र्याली निकालेर १६दिने महिला हिंसा विरुद्धको अभियानलाइ सम्पन्न गर्ने, मंशिर २१ गते हुन गइरहेको प्रदेश र केन्द्रको चुनाबमा सबै महिलाहरुलाइ भोट हालेर आफ्नो अघिकार स्थापित गर्न आग्रह गरीएको संजालका सदस्य कौसिशला जैसीले जानकारी दिनु भयो ।

यसैविच : स्थानिय निकायमा ४० र प्रदेशमा महिलाको सहभागीता ३३ प्रतिशत ग्यारेन्टी गरेको भएतापनि प्रदेश सभा र प्रतिनिधि सभामा महिला न्युन रहेको प्रति सम्बन्धित निकायलाइ ध्यानाकर्षण गराएको छ । साथै बैठकले दलहरुले महिलालाइ उपमेयर,उपाध्यक्ष र समानुपानिकमा थन्काएको प्रमुख र प्रत्येक्षमा चुनाव लड्नबाट बन्चित गरेको भन्दै आगामि दिनमा महिलालाइ प्रमुख पद सहित हरेक निकायमा ५० प्रतिशत महिला हुन पर्ने माग गरेको छ ।

साथै बैठकले संविधानलाइ कार्यान्वयन गराउनको निम्ति बाँकेका ३ बटै निर्वाचन क्षेत्रमा क्षेत्रिय कमिटि निर्माण गर्ने, प्रशिक्षण संचालन गर्ने, सम्पुर्ण महिला मानवअधिार कर्मी महिलाहरुलाइ स्वच्छ चुनावी प्रचार प्रसारमा खटिन पनि निर्देशन गरेको संजालका कोषाध्यक्ष कौशीला जैसीले जानकारी दिनु भयो ।