नेपाल संग मरिसस दोस्रो खेलमा पनि १-० गोलले पराजीत

काठमाडौं,माघ,१८-नेपाली राष्ट्रिय फुटबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा अफ्रिकी राष्ट्र मरिससलाई हराएको छ ।

मंगलबार भएको खेलमा मरिससमाथि नेपालले १-० गोल अन्तरले हराएको हो।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन सुजल श्रेष्ठले गरेको गोल नै निर्णायक बन्न पुग्यो ।

 

खेलमा नेपाल १० खेलाडीमा र मरिसस पनि ९ खेलाडीमा सीमित बनेको थियो । खेलको दशौँ मिनेटमा सुजलले आकर्षक गोल गरेका थिए।सुजलको यो नेपालका लागि तेस्रो गोल हो।यता, मरिसस पेनाल्टीमा चुक्दा नेपालसँग लगातार हार ब्यहोन बाध्य बन्यो ।

खेलको १३ औं मिनेटमा मरिससका कप्तान एन्डी सोफीले गरेको पेनाल्टी सुटआउट नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङले बचाएका थिए ।

त्यस बाहेक दुबै टोलीले पाएको अन्य अवसरमा गोल हुन सकेन । जितसँगै नेपालले मरिससविरुद्ध लगातार दोस्रो जित निकाल्न सफल भएको छ।शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा पनि नेपालले मरिससलाई १-० गोल अन्तरले नै हराएको थियो ।