आज नेपाल र अफ्रिकी राष्ट्र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल हुने

पहिलो खेलमा नेपालले मरिससलाई हराएको थियो

काठमाडौं,माध,१८-नेपालले आज(मंगलबार) दशरथ रंगशालामा अफ्रिकी राष्ट्र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ।

दोस्रो मैत्रीपुर्ण खेलका लागि राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ।नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले दुई खेलाडी परिवर्तन गर्दै टिम घोषणा गर्नु भएको हो । 

प्रशिक्षक अब्दुल्लाहले यस अघि घोषणा गरेको टिमबाट डिफेन्डर अनन्त तामाङ र प्रशान्त अवस्थी बाहिरिएका छन् ।किरण चेम्जोङको कप्तानीमा घोषणा गरिएको टिममा मनिष डाँगी र दर्शन गुरुङलाई राखिएको छ ।

शनिबार भएको पहिलो खेलमा नेपालले मरिससलाई १-० ले हराएको थियो।उक्त खेलमा नेपालका लागी विमल घर्ती मगरले गोल गर्दै  जित दिलाएका थिए ।

नेपाली टोली :

किरण लिम्बु,  विशाल श्रेष्ठ, शत्रुघन चौधरी, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यु ठकुरी, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, नविन गुरुङ, सुजल श्रेष्ठ, सुवास गुरुङ, अन्जन विष्ट, आशिष लामा, विमल घर्ति मगर, मनिष डाँगी, आशिष राई, एरिक विष्ट, सुशील राई, दर्शन गुरुङ, सन्तोष तामाङ

May be an image of text that says 'NEPAL VS MAURITIUS INTERNATIONAL FRIENDLY Squad for Match 2 NEPAL Kiran K Limbu (GK) Bishal Shrestha (GK) Satrughan Chaudhary (GK) Gautam Shrestha Dinesh Rajbanshi Devendra Tamang Suman Aryal Suraj Jeu Thakuri Pujan Uperkoti Suman Lama Tej Tamang Nabin Gurung Sujal Shrestha Subash Gurung Anjan Bista Aashish Lama Bimal Gharti Magar Manish Dangi Aashish Rai Arik Bista Sushil Rai Darshan Gurung Santosh Tamang February 1, 2022 Dasharath Stadium, Kathmandu, Nepal'