माओवादीले काठमाडौं-३ बाट कुलमानलाई उठाए सहयोग गर्ने हरिशरण लामिछानेको घोषणा

काठमाडौं,भदौ,१६-आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं-३ बाट स्वतन्त्र उम्मेद्धवारी दिने तयारी गरिरहेका चर्चित सञ्चारकर्मी हरिशरण लामिछानेले माओवादी केन्द्रले काठमाडौं-३ बाट नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई चुनाव उठाउने भए आफूले सहयोग गर्ने घोषणा गर्नु भएको छ। 

पछिल्लो समय माओवादीले घिसिङलाई काठमाडौं ३ बाट प्रतिनिधिसभाको लागि उम्मेद्धवार बनाउनेगरि तयारी थालेको समाचार बाहिर आएका थिए।उक्त समाचार बाहिरिएपछि लामिछानेले यस्तो प्रतिक्रिया दिनु भएको हो ।

उहाँले लेख्नु भएको स्टाटस जस्ताको त्यस्तै !!

फेशबुकमार्फत उहाँले कुलमानसँगको तस्विर पनि सार्वजनिक गर्दै भन्नुभयो-“स्वतन्त्र-पथ” सामाजिक संजालमा आएको समाचार सहि हो र काठमाडौ ३ बाट कुलमान घिसिङजि माओवादी पार्टीको तर्फबाट चुनाबमा उठ्ने हो भने मैले पनि दाबी गर्दै आएको सो स्थानबाट तपाइँलाई पूरा सहयोग मिल्छ, तर “स्वतन्त्र उम्मेदवारी” दिनुहोस् ।

आखिर हामी दुबैले सरकारी सेवाबाट राजिनामा दिनै पर्छ। तपाईं वा रवि ३ नम्बरबाट उठ्ने अवस्थामा म त्याग र सहयोग गर्न तैयार छु। आफ्नै पेशाबाट मैले एउटा साम्सद भन्दा धेरै गुणा योगदान यो देशलाई दिन सक्छु।

कुनै अमुक पार्टिको मोहोरा बन्नु भन्दा “स्वतन्त्र-पथ”मा आउनुस कुलमान सर, अर्को इतिहास कोरिने छ।यदि यो समचार गलत हो भने मान्नुस, स्वतन्त्रको लहरलाई निस्तेज पार्ने षड्यन्त्रको तनाबाना बुनिदै छ। समय अझै छ। चेतना भया!!!”रिपोटर्स नेपाल