महानगरको अल्टिमेटमपछि काठमाडौं फनपार्कले बुझायो १७ लाख ३६ हजार मनोरञ्जन कर

काठमाडौं,भाद्र,१६-काठमाडौं फन पार्कले महानगरपालिकालाई कर बुझाएको छ।पार्कले काठमाडौं महानगरपालिकालाई मनोरञ्जन करबापत १७ लाख ३६ हजार रुपैयाँ बुझाएको हो। 

महानगरपालिकाका राजस्व विभाग प्रमुख शिवराज अधिकारीले फनपार्कले एकतर्फी रूपमा मूल्यांकन गरेर कर बुझाएको बताउनुभयो। उहाँले भन्नुभयो,‘ फनपार्कले सेल्फ डिक्लेरसन गरेर १७ लाख ३६ हजार रुपैयाँ मनोरञ्जन कर बुझाएको छ ।

यसलाई भेरिफाइ गर्न बाँकी नै छ । फरक देखियो भने जरिवाना हुन्छ ।’महानगरले मनोरञ्जन करमा प्रवेश शुल्कको ५ प्रतिशत लिने गरेको छ।पार्कले व्यवसाय कर २ लाख ६१ रुपैयाँ बिहीबार नै बुझाएको छ ।

अधिकारीका अनुसार फनपार्कले मासिक ५ लाख ५५ हजार रुपैयाँ समाज कल्याण परिषदलाई भाडा दिँदै आएको छ । त्यसको १० प्रतिशत बहाल कर परिषद्ले महानगरलाई तिनुपर्ने हुन्छ ।

परिषद्ले २०६९ सालदेखि पार्कले महानगरलाई बहाल कर बुझाएको छैन । २०६९ देखि २०७३ सम्म दुई प्रतिशत र २०७३ देखियता १० प्रतिशत रकम बहाल कर परिषद्ले तिर्नुपर्ने बताउनुभयो ।कान्तिपुरबाट