ओखलढुंगा डोजोका कराते खेलाडीहरुलाई मेयर श्रेष्ठ द्धारा सम्मान

सिर्जना बर्देवा/
ओखलढुंगा,पौष,१-
ओखलढुंगा डोजो ओखलढुंगाका कराते खेलाडीहरुलाई सम्मान गरिएको छ । सिद्धिचरण नगरपालिकाका मेयर मोहन कुमार श्रेष्ठले खेलाडीहरुलाई सम्मान गर्नु भएको हो ।

केपिलासगढी गाउँपालिका बाक्सिला खोटाङ्ग र नेपाल सितोरियो कराते संघ जिल्ला शाखा दिक्तेलको संयुक्त आयोजनामा खोटाङको बाक्सिलाबजारमा सम्पन्न केपिलासगढी गाउपालीका प्रमुख कप आमन्त्रीत राष्ट्रिय कराते प्रतियोगितामा तेस्रो स्थान हासिल गरेकोमा मेयर श्रेष्ठले बधाई तथा शुभकामना व्यक्त गर्दै सम्मान गर्नु भएको छ ।

दुई दिवसीय राष्ट्रिय प्रतियोगितामा १ स्वर्ण,४ रजत, ३ कास्यपदक जितेर ओखलढुंगाले तेस्रो स्थान हात पारेको थियो । खेलाडीहरुले नगद २० हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थियो ।

यस्तै प्रतियोगितामा पुरुष कुमिते ५० केजी तौल समुहमा ओखलढुंगाका मिलन राई, ५५ केजी तौल समुहमा कपिल गुरुङ्ग,६० केजी तौल समुहमा अरुण डङ्गोल,६७ केजी तौल समुहमा बसन्त राई,७५ केजी समुहमा शेर बं खत्री ,महिला कुमितेको ५५ केजी तौल समुहमा सर्मिला श्रेष्ठ, ६१ केजी समुहमा निरुपा तामाङ, ६८ केजी समुहमा बिनिता श्रेष्ठ र टिममेच तर्फ सन्तोष राई लाई सम्मान गरिएको हो ।