राष्ट्रवादी विकाशसील अभियान परिषद्को समीक्षा गोष्ठि सम्पन्न

काठमाण्डौं,चत्रै १२-
राष्ट्रवादी विकाशसील अभियान परिषद् नेपालले आगामी जेष्ठ १२ र १३ गते गर्ने राष्ट्रिय भेलालाई लक्षीत गर्दै समीक्षा गोष्ठि सम्पन्न गरेको छ । अभियान्ता कमल राज श्रेष्ठको संयोजकत्वमा आज केन्द्रिय कार्यालय चावहिलमा बसेको उक्त समीक्ष गोष्ठिमा अभियन्ताहरु कुबेर गौतम,स्वामी राजा नन्द माण्डवे,पुष्पराज पुरुष लगायत तमाम राष्ट्रवादी न्याय प्रेमीको उपस्थिती रहेको थियो ।

 राष्ट्रवादी विकाशसील अभियान परिषद्को समीक्षा गोष्ठि सम्पन्न उक्त समिक्षा गोष्ठिले राष्ट्रिय पोशाक दउरा शुरुवाल टोपीलाई पुनह मान्यता दिदैं अनिवार्य रुपमा लगाउनु पर्ने एजेण्डाको रुपमा स्थापित गरि राष्ट्रिय पोशाक कायम गराउनको लागी सरकारलाई दबाब दिदै चरणबद्ध आन्दोलन गर्ने अभियान्ता कुबेर गौतमले जानकारी दिनुभयो ।

उहाँले बिहानी अनलाईन संग कुराकानी गर्दै भन्नुभयो आगामी चुनावलाई लक्षीत गर्दै देशभर निर्वाचन आयोगले लागु गरेको आचार संहिताको पालना गर्दै स्थानीय निकाय चुनाव भरी आन्तरिक रुपमा शक्ती संचय गर्दै चुनाव पश्चात शसक्त आन्दोलनको तयारी गर्ने जानकारी दिनुभयो ।

 राष्ट्रवादी विकाशसील अभियान परिषद्को समीक्षा गोष्ठि सम्पन्न उहाँले फरक प्रसंगमा भन्नुभयो शान्ती,समृद्धि,एकता र सचेतनाको लागि र साम्राज्यवाद तथा विस्तारवाद र विश्व पुँजीवादको अवशेषको रुपमा काम गर्दै आईरहेका कथित राजनीतीक पार्टी संघ संङ्गठनको अन्तय गर्दै भ्रष्टाचार मुक्त समाज सुशासन न्यायीक प्रणाली तथा

कार्यपालीका लाई चुस्त पार्दै प्रत्यक्ष रुपमा प्रजातन्त्रको अनुभीती दिलाउदै राष्ट्रिय स्थाई राज्य व्यवस्था निमार्णको निम्ती जनस्तरबाटै उठेको राष्ट्रवादी विकाशिल परिषद भएको बताउनुभयो । उहाँले यो अभियानमा सम्पुर्ण न्याय प्रेमी राष्ट्रवादी नेपालीलाई सहभागी हुन समेत हार्दिक अपिल गर्नुभयो ।