ट्रकको ठक्करबाट एकको मृत्यु

चितवन,जेठ,९-
चितवनको रत्ननगरस्थित टिकौलीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। रत्ननगरबाट भरतपुर जाँदै गरेको ना ६ ख १४४२ नम्बरको ट्रकले आइतबार राति विपरीत दिशाबाट आउँदै गरेको ना ३९ प ७८९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा रत्ननगर–११ बस्ने ३० वर्षीय उपनेश विकको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका विकको उपचारका क्रममा राति नै कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ। दिएको हो। ट्रक चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।