ओली पाँच वर्षलाई नै प्रधानमन्त्री, प्रचण्ड कार्यकारी अध्यक्ष बन्ने

मन्त्रिपरिषद् विस्तार : आजै चार मन्त्री हट्ने पक्का

काठमाडौं,मंसिर,४-

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच कार्यविभाजन भएको छ।बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालयको बैठकले सरकार सञ्चालनको सम्पूर्ण अधिकारी प्रधामन्त्री ओलीलाई दिने र पार्टीको कार्यकारी अधिकार प्रचण्डलाई दिने निर्णय गरेको हो।

योसँगै अध्यक्ष ओलीले पाँच वर्ष नै सरकारको नेतृत्व गर्नेछन् भने अध्यक्ष प्रचण्डले पार्टी हाँक्नेछन्।सचिवालय बैठकपछि पत्रकारसँग कुरा गर्दै पार्टी प्रवक्ता नाराणकाजी श्रेष्ठले दुवै अध्यक्षको कार्यविभाजन भएको पुष्टि गर्नुभयो। ‘अध्यक्ष ओलीले सरकारको नेतृत्व र प्रचण्डले पार्टीको नेतृत्व गर्नेगरी कार्यविभाजन भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकले मन्त्रिमण्डल फेरबदलको पूरै अधिकार प्रधानमन्त्रीलाई दिएको छ।२०७५ जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच पार्टी एकता गर्दा ओली र प्रचण्डबीच सरकार र पार्टीको नेतृत्व आलोपालो गर्ने सहमति भएको थियो। बीचमा अध्यक्ष ओली सहमतिबाट पछि हटेपछि एकता प्रक्रिया र मन्त्रिपरिषद पुनर्गठनको काम रोकिएको थियो।

पछिल्लो पटक प्रधानमन्त्री ओली सिंगापुर उपचारमा जाँदा प्रचण्डलाई बैठक राख्ने अधिकार दिए पनि उहाँ फर्केपछि बैठककको अध्यक्षता आफैँ गर्दै आउनु भएको थियो ।

यसैविच : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्नुहुने भएको छ ।अहिलेसम्म चार मन्त्री हट्ने पक्का भएको छ । थप केही मन्त्री हट्ने भनिए पनि कोको भन्ने टुंगो लागेको छैन ।

नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्री ओलीले आफू छलफलमै रहेको बताउनु भएको छ । स्रोतकाअनुसार अहिलेसम्म कृषिमन्त्री चत्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषि राज्यमन्त्री रामकुमारी चौधरी हट्ने पक्का भएको छ ।

यस्तै पूर्व एमालेबाट महिला बालबालिकामन्त्री भएकी थममाया थापा पनि हट्ने पक्का भएको छ । पूर्व एमालेबाट अरु केही मन्त्री हट्ने भनिए पनि टुंगो लागेको छैन । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र श्रममन्त्री गोकर्ण विष्टमध्ये एक हट्न सक्ने नेताहरु बताएका छन् । नयाँ मन्त्री कोको हुने भन्ने टुंगो लागेको छैन ।