खजुरा महोत्सवमा आज ज्योती मगर र मेक्सम खाती आउने

नेपालगन्ज , फाल्गुन,१-
माघ २४ गते बाट संचालित खजुरा महोत्सवमा आज चर्चित गायिका ज्योती मगर आउने कार्यक्रम रहेको छ । आयोजकका अनुसार ज्योती मगरको संगै चर्चित लोकदोहोरी गायक मेक्सम खाती संगै अन्य कलाकारहरु समेतको प्रस्तुति रहने बताएका छन् ।

हिजो मात्रै लोक गायक पशुपति शर्मा र मधु क्षेत्रीले लोकदोहोरिमा दर्शकलाई नाच्न बाध्य पारेका थिए । उता आयोजकले ज्योति मगरको प्रस्तुतिमा दर्शकको उल्लेख उपस्थिति रहने भन्दै सुरक्षा ब्यवस्था समेत चुस्त पारेको जनाएको छ ।

प्रदेश नम्बर पाँचको लघु तथा घरेलु उत्पादनको बिक्री तथा ब्यापार प्रवर्द्धनको निम्ति संचालित महोत्सव नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको हो । फाल्गुन ५ गते सम्म चल्ने छ ।