बझाङमा भूकम्पको धक्का

 बझाङ, चैत १२- बझाङमा भूकम्पको धक्का महसुश गरिएको छ । शनिबार बेलुका ७ बजेर २० मिनेट जाँदा बझाङको लेकगाउँबाट २० किलोमिटर उत्तर केन्द्रविन्दु भएर ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक तिर्थ दाहालले जानकारी दिनुभयो । भूकम्पको धक्का सामान्य रुपमा मात्रै महसुश गरिएको हो । साभार उज्यालो अनलाईनबाट