चीनको आर्थिक विकासबाट नेपालले फाइदा लिनुपर्छु:प्रधानमन्त्री,नेपालको एक चीन नीतिमा कुनै शंका नगर्न आग्रह

बेइजिङ, चैत १२-
चिनको हाइनानमा आयोजित बोआओ एसियाली मञ्चको वार्षिक सम्मेलनलाई सम्बोधन गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज साँझ बेइजिङ्स्थित नेपाली दूतावासको रात्रीभोजमा सरिक हुनुभएको छ। चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले प्रधानमन्त्री लगायत चीन भ्रमणमा रहेको टोलीलाई स्वागत गर्नुभयो ।यसअघि राजदूत पौडेल प्रधानमन्त्री सहभागी भएको बोआओ सम्मेलनमा पनि सहभागी हुनुभएको थियो ।

बेइजिङस्थित दूतावासको कार्यक्रममा उपस्थित सहभागीहरुलाई संक्षिप्त  सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले चीनको आर्थिक विकासबाट नेपालले पनि समृद्धिको ढोका उघार्न सक्ने बताउनुभयो। उहाँले भन्नुभयो नेपालले पनि चीनको तीव्र आर्थिक विकासबाट फाइदा लिनुपर्छ।

रात्रीभोजमा नेपालका लागि पूर्व राजदूतहरु तथा बेइजिङस्थित नेपाली समुदाय, नेपालका शुभेच्छुक मित्रहरु उपस्थित थिए। उनीहरुतर्फ संकेत गर्दै प्रचण्डले नेपालको एक चीन नीतिमा कुनै शंका नगर्न आग्रह गर्नुभयो ।

आइतबार राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता, बेइजिङ फरेन स्टडिज् युनिभर्सिटीद्वारा आयोजित ‘नेपाल चीन सम्बन्धस् समृद्धिका अवसर’ विषयक छलफल कार्यक्रम, चिनियाँ व्यापारी समुदायसँग छलफललगायतमा प्रधानमन्त्रीको बेइजिङ् बसाइ पनि व्यस्त रहनुहुनेछ ।

यसैविच
दूतावासमा आयोजित रात्रीभोजमा परराष्ट्रमन्त्री प्रकाशशरण महत, परराष्ट्रसचिव शङ्करदास बैरागी तथा उक्त मन्त्रालयका अन्य उच्च पदाधिकारी सहभागी भएका थिए।साभार नेपाल खबरबाट