१२ खर्ब ८० अर्ब रुपैयाँ हाराहारीको बजेट आउने

काठमाडौं, जेठ, १५-

सरकारले आज आर्थिक वर्ष २०७४÷७५ को बजेट सार्वजनिक गर्ने भएको छ । व्यवस्थापिका संसदको आज बस्ने बैठकमा सरकारका तर्फबाट उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले आगामी आर्थिक वर्ष २०७४÷७५ का लागि तयार पारेको आय व्ययसहितको बजेट प्रस्तुत गर्नुहुने छ ।

जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधानअनुसार सरकारले आज बजेट पेस गर्न लागेको हो । दोस्रो चरणका स्थानीय निर्वाचनको विचमा आचारसंहिता समेत लाग्ने भएकोले पुरानै कार्यक्रम ल्याउने प्रतिवद्धता जनाएको सरकारले चालु आर्थिक वर्षभन्दा २ अर्व वढिको वजेट प्रस्तुत गर्नेछ । संसदमा उपप्रधान तथा अर्थमन्त्री महराले अपरान्ह ४ बजे बजेट प्रस्तुत गर्ने कार्यसुची रहेको छ ।

वजेट १० खर्व ४८ अर्वको हुनेछ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको लागि १२ खर्ब ८० अर्ब रुपियाँको सीमा तोकेको छ । यही सीमाभित्र रहेर सरकारले बजेट ल्याउने तयारी गरेको हो ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री महराले हिजो नै चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण तथा सार्वजनिक संस्थानहरूको वार्षिक स्थितिको समीक्षा व्यवस्थापिका संसदमा पेस गर्नुभएको थियो ।