भाषामा दखल नहुदा हिसिलाले माफी मागिन्

काठमाण्डौ,चैत २१-
प्रहरी धरपकडका क्रममा ‘देश खारेज गर’को नारा लगाएको भन्दै चर्कौ आलोचना भएपछि नयाँ शक्ति पार्टी नेपालकी नेतृ हिसिला यमीले माफी माग्नु भएको छ । उहाँले आज पत्रकार सम्मेलन गर्दै देशलाई माया गर्ने भन्दै मातृभूमिको अपमान गर्ने मनसाय नरहेको बताउनुभयो ।

झण्डै एक घन्टाको मेलमठेलमा आफू अर्धमूर्छित हुन पुगेको भन्दै उहाँले त्यसबेला पति डा। बाबुराम भट्टराईलगायत साथीहरुले सम्हालेको उहाँले सुनाउनुभयो ।

सुरक्षाकर्मीहरुले पक्राउ गर्दा आफू आवेश र अर्धचेत अवस्थामै नाराबाजी गरेको भन्दै नयाँ शक्तिकी अन्तराष्ट्रिय सम्बन्ध विभाग प्रमुख यमी भन्छिन्, ‘त्यसैक्रममा स्थानीय निर्वाचन ऐनको यो आदेश खारेज हुनुपर्छ भन्न खोज्दा बेहोसीपूर्वक अन्यथा हुन पुगेछ ।

नेपाली भाषामा राम्रो दखल नहुनु,आन्दोलनको दबाव, आवेश र बेहोसीमा आदेशलाई अन्यथा भन्न पुगेको भन्दै उनले भनिन्, ‘साथीहरुले रोकेपछि मात्र म होसमा आएँ र आफ्नो गल्ती महसुस भएको बताउनु भएको हो ।