सरकारी गाडी दुरूपयाेग

काठमाडाैं,चैत,१-

अधिकांश सचिवले सरकारबाट सुविधास्वरुप पाएको सवारीसाधनको सेतो (सरकारी) नम्बर प्लेट फेरेर रातो (निजी) बनाउन गृह मन्त्रालयमाथि दबाब दिन थालेका छन् ।

परराष्ट्र सचिव शंकरदास वैरागीले आफूले प्रयोग गरिरहेको सरकारी गाडीको रातो प्लेटको समय ६ महिना बढाउन गृहमन्त्री रामबहादुर थापाको सचिवालयको शक्ति प्रयोग गर्दै दबाब दिएका छन् ।

सचिव वैरागीले गृहमन्त्री थापाको स्वकीय सचिवालयमार्फत छिटोभन्दा छिटो रातो प्लेटको आफ्नाे गाडीको म्याद थप्न गृहको आन्तरिक व्यवस्थापन शाखामाथि तिव्र दबाब दिन थालेको गृहले जानकारी दिएको छ । आजको अन्नपुर्ण पोस्ट्मा खबर छ ।