झरना सुनारले चुमिन खजुरा डान्स आइकन २०७५ को उपाधी

नेपालगंज,माघ,१९-

खजुरा डान्स आइकन २०७५ को उपाधी झरना सुनारले हात पार्न सफल भएकी छिन। शनिबार धुर्वतारा माबिको प्राङ्गन रिमझिम बजारमा उक्त आइकन सम्पन्न भएको हो।फाइनल प्रतियिगितामा जम्मा १९ जना सहभागी रहेका थिए।

उक्त डान्स आइकनमा प्रथम झरना सुनार, द्वितीय पबित्रा घर्ती , तृतीय सरिता फुयाल र सान्त्वना बिपिन थापा भएका थिए।कार्यक्रममा प्रथमलाई नगद रु ३० हजार, द्वितीयलाई २० हजार र तृतीय हुनेलाई १० हजार प्रदान गरिएको आयोजकका अध्यक्ष दिलु सुनारले जानकारी दिए।

साथै मिडिया पार्टनर रहेको बिहानी अनलाइनले उक्त डान्स आइकनको प्रत्यक्ष फेस्बुक लाईभ पनि गरेको थियो।त्यस्तै खजुरा डान्स आइकन सिजन २ पनि छिट्टै सन्चालन गर्ने संयोजक सुनारले बताए।