बुद्धिमानलाई खजुराको आदर्श युवा बचत समुहको सहयोग

खजुरा,माघ,१९-

भारतको सिम्लामा मजदुरी गर्ने क्रममा करेन्ट लागेर आफ्नो दुवै हात र खुट्टा गुमाउनुभएका बाँके बैजानाथ गाउँपालिका ८ का बुद्धिमान कुवरको उपचारमा सहयोग पुर्याउन बाँके खजुरामा रहेको आदर्श युवा बचत समुहले आर्थिक रकम संङकलन गरी हस्तान्तरण गरेको छ ।

आज खजुरा १ नम्बर बजारमा केहि आर्थिक रकम सङकलन गरी बाँकी समुहका सदस्यहरुले समेत गरेर कुल २० हजार १ सय ७५ रुपैया बुद्धिमान उपचारर्थ सहयोग अभियानका अभियानकर्ता पत्रकार खगेन्द्र दाहाललाई हस्तान्तरण गरीएको समुहका सचिव सुवास निरौलालले जानकारी दिनुभयो । अभियानकर्ता पत्रकार दाहालले संङकलन गरीएको उक्त रकमलाई पिडितको हातमा पु¥याउने बताउनुभयो ।

अहिले बुद्धिमान कुंवर उपचारको लागी काठमाडौमा १५ लाख बढि सहयोग रकम र कोहलपुर र नेपालगन्जमा एक लाख बढि संङकलन भैसकेको सहयोग अभियानका संम्योजक धिरज सिहं ठकुरीले जानकारी दिनुभयो । बुद्धिमानको उपचारमा थप रकम आवश्यक रहेकाले सहयोग गर्न सबैमा समितिले अपिल समेत गरेको छ ।