घोडाघोडी महोत्सवमा गायक गोपाल नेपाल जिएमले मच्चाए बब्बाल धमाका

कैलाली,माघ,२०-

घोडाघोडी महोत्सवको सातौँ दिन आइतबार चर्चित लोकदोहोरी गायक गोपाल नेपाल जिएमले धमाका मच्चाएका थिए।घोडाघोडी उद्योग वाणिज्य संघ सुखड कैलालिको आयोजनामा सन्चालन भइरहेको घोडाघोडी महोत्सवको ७ औँ दिन गोपाल नेपाल जिएम अनि चर्चित गायक रामजी खाडले दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गरेका थिए।

साउदी मलेसिया गाउँदै स्टेज उक्लेका गायक जिएमले चर्चित गीतहरु नक्कली मोरि, मारामार, उल्का भो लगाएत दर्जन गीतहरु गाएर दर्शकहरुलाई नचाएका थिए।माघ १४ गते बाट सन्चालन भएको महोत्सव माघ २४ गते सम्म लाग्ने आयोजकले जनाएको छ।