प्रहरी डिआईजी सिलवालको राजीनामा स्वीकृत

काठमान्डौं,असोज,२३-

नेपाल प्रहरीका डीआईजी नवराज सिलवालको राजीनामा स्वीकृत भएको छ। गृहमन्त्री जनार्दन शर्माले उहाँको राजीनामा स्वीकृत गर्नु भएको हो ।

राजीनामा दिएपछि पनि लामो समय स्वीकृत नगरी कारबाहीको तयारी गरेको भन्दै चर्को विरोध भएपछि असोज १९ को मिति राखेर गृह मन्त्री शर्माले सिलवालको राजीनामा स्वीकृत गर्नु भएको हो ।

प्रहरी महानिरीक्षक प्रकाश अर्यालले राजीनामा स्वीकृतिका लागि गृहसचिव लोकदर्शन रेग्मीलाई पठाए पनि पत्र नआएको भन्दै रोक्नु भएको थियो ।

वरीयतामा तेस्रो नम्बरमा रहेका डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाएपछि अदालत गएका सिलवाल आफ्नो पक्षमा फैसला नआएपछि राजीनामा दिएर बस्नु भएको थियो । सिलवाल तीन दिनअघि नै एमाले प्रवेश गरिसकेका छन्।