थप १३ सय ५६ कोरोना संक्रमित थपिए, ८२३ निको भए

काठमाडौं,असोज,६-नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ३५६ जनामा कोरोना भाइरसको संक्रमण भएको बताउनुभयो।

उहाॅंका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेको छ। आज देशभर संस्थागत आइसोलेसनमा ९ हजार १९३ रहेको छ।

पछिल्लो २४ घण्टामा थप ११ हाजर १५४ पीसीआर परीक्षण भएसँगै अहिलेसम्म भएको पीसीआर परीक्षणको संख्या ९ लाख ३४ हजार ९७७ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ८२३ जना कोरोना संक्रमित निको भएसँगै जम्मा निको हुनेको संख्या ४८ हजार ६१ रहेको छ ।निको हुने प्रतिशत ७२ रहेको प्रवक्ता गौतमले जनाकारी दिनुभयो ।