नेपालले इङ्ल्यान्डको ‘सी’ टोलीसंग मैत्री फुटबल खेल्ने

काठमाडौं,माघ,८-नेपालले इङ्ल्यान्डको ‘सी’ टोलीसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ । नेपाल र इङ्ल्यान्डको ‘सी’ अर्थात् यू–२३ टोलीबीच आगामी मार्च र मे मा दुईवटा मैत्रीपूर्ण खेल खेलिने सम्झौतापत्रमा बुधबार एन्फा मुख्यालय सातदोवाटोमा हस्तक्षर भएको छ ।

 

मैत्री खेल लगायतका विषयमा छलफल र हस्ताक्षर गर्न दुई दिनअघि इङ्ल्यान्ड फुटबल संघका प्रतिनिधि एन्ड्री सा र लाउरेन जोन्स नेपाल आएका थिए । सम्झौतापत्रमा बुधरबानै अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा र इङ्ल्यान्डका प्रतिनिधिले हस्तक्षर गरेका हुन् । होम एन्ड अवेका आधारमा हुने खेलमा पहिलो खेल इङ्ल्यान्डमा मार्च २५ मा हुनेछ ।

 

त्यसपछि इङ्ल्यान्डले मे मा नेपालसँग दशरथ रंगशालामा खेल्नेछ । इङ्ल्यान्डले एन्फासँग मिलेर नेपालको ग्रासरुट फुटबलमा सहयोग गर्ने पनि जनाएको छ ।