पेस्तोल र गोलीसहित गणेश लामा पक्राउ

काठमाडौं, चैत, १-

नेपाली कांग्रेसबाट प्रदेशसभा निर्वाचनमा उम्मेदवार भएका गणेश लामालाई प्रहरीले पक्राउ गरेको छ ।

लामालाई चिनियाँ पेस्तोल र ६ राउन्ड गोलीसहित गएराति प्रहरीले काठमाडौंको गौशालाबाट पक्राउ गरेको हो ।

गौशालास्थित पशुपति भिजन होटलमा गोली चलेको आवाज सुनेपछि पुगेको प्रहरी टोलीले लामालाई पेस्तोल र गोलीसहित पक्राउ परेको हो ।

घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ । सम्पत्ति शुद्धिकरण विभागले लगाएको अकूत सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा लामाले विशेष अदालतबाट केही महिना अघिमात्रै सफाई पाएका थिए ।साभार ईमेज खबरबाट