२५० युवाहरु नेपाली काँग्रेसमा प्रवेस

मधु पौडेल
बाँके,माघ १२ –नेपाली काँग्रेसमा आज २५० युवाहरुले पार्टी प्रवेस गरेका छन् । नेपाली कागे्रसले बाँकेको वागेश्वरी गाविस २ मा गरेको वडाभेलामा २ सय ५० युवाहरुले नेपाली काँगे्रसमा प्रवेस गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा एमाले ,माओवादी र राप्रपा लगाएतबाट आएको नेपाली काँग्रेस बाँकेका संगठन विभाग प्रमुख महेन्द्र मल्लले बताउनुभयो ।

उहाँले जुरामा पनि दुई वटा वडामा पार्टी प्रवेश र सम्मान को कार्यक्रम गराएको बताउनुभयो । उहाँले यो अभियान अन्य वडाहरुमा पनि गराईने जानकारी दिनुभएको छ ।यस्तै आज नेपाली काँग्रेस पार्टी प्रवेश गर्नु भएका सुजित सिंह बस्नेत ले अब काँग्रेसमा देखिएको गुट उपगुटलाई अन्त्य गनुपर्ने र कागे्रसले युवाहरुलाई हरेक क्षेत्रमा समेट्नु पर्ने बताउनु भएको छ ।

आज भएको  कार्यक्रममा नेपाली कागे्रसमा अवद्ध विभिन्न व्यक्तिहरुलाई सम्मान गरीएको थियो । सम्मान हुनेमा डम्वर कुमार गिरी ,जोना सिंह धन बहादुर ,राम बहादुर केसी , किरण कार्की, मोती बहादुर खड्का ,नर बहादुर गुरुङ ,सरला थापा, धन पती रेग्मी रहनुभएको छ । वडा अध्यक्ष तुलाराम अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथिमा नेपाली कागे्रस बाँकेको पार्टी सभापति किरण कोईरला रहनु भएको थियो ।

यस्तै कार्यक्रममा नेपाली कागे्रस बाकेका सचिव कपिल देव शर्मा, संगठन विभाग प्रमुख महेन्द्रमल्ल , महसमिति सदस्य चिनुमाया कुवर ,महादिवेश प्रतिनिधि झुक माया जिएम । प्र सेनानी एवं संरक्षक हरी प्रसाद ढुंगाना , क्षेत्रीय सभापती मो. नकी खा ,पुर्व क्षेत्रीय सभापति धन वहादुर आचार्य, नेपाली कागे्रस बाकेका जिल्ला सदस्य केदार गिरी , भिम बहादुर विश्वकर्मा, सुदान्सु कोइराला लगाएत ८० वढी नेता तथा कार्यकर्ताको उपस्थिति रहेको  संगठन विभाग प्रमुख मल्लले जानकारी दिनुभयो ।