पोखरामा जारी आहा रारा गोल्डकपमा आजबाट सेमिफाइनल खेल हुदै

काठमाडौ, माघ १२ –पोखरामा जारी १५ औं आहा रारा गोल्डकपमा आजबाट सेमिफाइनल चरणका खेलहरु सुरु हुदैछ । पहिलो सेमिफाइनलमा आज विभागिय टोली त्रिभुवन आर्मी सहारा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।खेल पोखरा रंगाशालामा दिउँसो दुई बजेपछि सुरु हुनेछ । दुवै टोली आजको खेलमा जीत हात पार्दै प्रतियोगिताको उपाधि नजिक पुग्ने दाउमा हुनेछ ।

आर्मी झापा ११ लाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको हो भने सहाराले भारतको युनाइटेड सिक्किम फुटबल क्लबलाई पराजित गर्दै आर्मीसँगको भेट पक्का गरेको हो ।यसअघि हिजोको खेलमा बंगलादेशी टोली नारायणगन्ज फुटवल क्लबलाई पराजित गर्दै सिएमजी क्लब सङ्कटा सेमिफाइनलमा प्रवेश गरेको छ ।

माघ १५ सम्म चल्ने प्रतियोगिताको विजेता टोलीले पाँच लाख एक हजार नगद तथा उपविजेताले दुई लाख ५१ हजार नगद पुरस्कार हात पार्नेछ । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई स्कुटर प्रदान गरिने छ ।