नेपालले विश्वकप छनोट खेल्ने पक्का

करण केसी बने हिरो

काठमाण्डौं,फाल्गुन,२-

नेपालले विश्वकप छनोटमा स्थान बनाएको छ ।क्यानडामाथि एक विकेट, एक रन ,एक बलमा जित निकालेको हो ।आजको नेपालको जितमा करण केसी नायक नै बनेका छन् । १९५ रनको लक्ष्य पछ्याएको नेपालले १४४ रन जोड्दा ९ विकेट गुमाइसकेको थियो ।

तर, करणले सन्दिप लामिछानेसँग लोभलाग्दो आक्रामक पारी खेल्दै नेपाललाई उत्कृष्ट जित दिलाएका हुन्  । अन्तिम ओभरमा नेपाललाई ६ बलमा ८ रन चाहिएको थियो र क्रिजमा करण थिए ।

लगातार चार बल उनले रन जोड्न सकेनन् । तर, पाँचौं बल छक्का हान्दै जितको आश जगाएका थिए । अर्को बल वाईड भएसँगै नेपालको खातामा एक रन थपियो र दुबै टिमको स्कोर ड्र भयो ।

अब अन्तिम बलमा मात्र एन रन चाहियो, जुन करणले सहजै पुरा गरे र नेपालाई विश्वकप छनोटमा पुर्‍याए । ३१ बलको सामना गरेका उनले ३ चौका र चार छक्काको मदतमा नटआउट ४२ रन बनाएका थिए ।यस संगै करणले करिअरकै राम्रो खेलमा प्रदर्शन गरेका हुन् ।