प्रथम मेयर कप खेल भेरिगङ्गाको रामघाटमा सम्पन्न

ज्ञानु सङ्गम खड्का/
सुर्खेत,जेष्ठ,२८-

भेरिगङ्गा नगरपालिका सुर्खेत र नगर खेलकुद बिकाश समिति सुर्खेतको संयुक्त्त आयोजनामा सन्चालित प्रथम मेयर कप २०७५ का अन्य खेलहरुको समापन आईतबार भेरीगङ्गा ११ रामघाटमा गरिएको थियो।

समापन भएका खेलहरु ब्याडमिन्टनमा वडा न १२ प्रथम, वडा न ६, द्वीतिय भएका थिए। त्यस्तै फुटबलमा वडा न.१३ प्रथम’
, वडा न.८ द्वीतिय भएको थियो भने भलिबलमा वडा न ७ प्रथम, वडा न द्वीतिय भएको थियो।

त्यस्तै अन्य खेलहरुको समापन सङ्गै क्रीकेट खेलको उद्घाटन पनि आईतवार नै गरिएको थियो।भेरिगङा नगरपालिकाका प्रमुख भुपेन्द्र बहादुर चन्दले अरु सम्पुर्ण खेलको समापान गर्दै क्रीकेटको उदघाटन पनि हिजो नै गर्नु भएको थियो ।

क्रीकेट खेल भने सन्चालन भइरहेको जानकारी नगर खेलकुद समितिका सदस्य तथा कार्यक्रम संचालक सिपि कार्कीले जानकारी दिनु भयो।