नेपालगञ्जमा विश्व मधुमेह दिवसको अवसरमा निशुल्क मधुमेह जाँच

डम्मर थापा मगर/

बाकें कीर्तिक, २७-

नेपालगञ्जमा बिश्व मधुमेह दिवसको अवसरमा निशुल्क मधुमेह जाँच सेवा प्रदान गरियको छ ।निरोगधाम नेश्नल प्याथ ल्याब र जी के फर्माको सहकार्यमा उक्त सेवा प्रदान गरियको हो । बिश्व मधुमेह दिवसको अवसरमा कार्तिकको २४ गते देखि प्रदान गरियको उक्त सेवा भोली २८ गते सम्म मात्र रहनेछ ।नेपालगञ्ज औधोगीक क्षेत्र मुख्य गेटको अगाडी पट्टि रहेको उक्त प्याथ ल्याब मा सुरु भय देखि हाल सम्म ९० जना जतिले निशुल्क मधुमेह जाँच सेवा लिसक्नु भयको छ ।

“४ दिने निशुल्क जाँच सेवा लीन प्रतेक दिन २० देखि २५ जना सम्म आउने गर्छन । र प्रायः जसो धेरैमा मधुमेह भयको पाईएको छ । र यसलाई छिटै निर्मुल पार्न सकियन भने यस्ले आँखा, मुटु मृगौला लगायत अन्य अंगहरुमा पनि धेरै असर पार्छ र भविष्यमा जिवननै अन्धकार हुन सक्छ ।” निरेगधाम नेश्नल प्याथ ल्याब का संचालक बिनय चन्द गुप्ताले बताउनु भयो ।

” धेरै भोक लाग्नु, धेरै प्यास लाग्नु, छिटो थाक्नु, वजन घट्दै जानु, घाउ खटिराहरु छिटो निको नहुनु र बिरामी परिरहनु मुख्य गरि मधुमेहका लक्षणहरु हुन । अहिले देशभर मधुमेहका बिरामीहरु दिन प्रति दिन बढिरहेका छन ।यस्को मुख्य कारणनै हामीले आफ्नो खानामा लापरवाही गर्नुले हो ।

हामीले खानामा मात्रै हैन, आफ्नो स्वास्थ्यलाई पनि त्यत्तिकै स्वस्थ राख्न जरुरि छ” पनि गुप्ताले बताउनु भयो । भोली विश्व मधुमेह दिवसको दिन सम्म मात्र यो सेवा रहेको छ । र मधुमेह भयका सम्पूर्ण बिरामीहरुलाई विश्व मधुमेह दिवस अर्थात भोली कार्तिकको २८ गते नेपालगञ्जका वरिष्ट फिजिसियन डाक्टरबाट मधुमेह उपचारमा भारी छुटको पनि ब्यबस्था गरियको छ ।