ओखलढुंगामा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

सिर्जना बर्देवा/
ओखलढुंगा,कार्तिक २७-

जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाले मतदाता स्वयंसेवकलाई गाउँगाउँमा पठाएको छ । आगामी मंसिर १० गते हुन लागेको प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा बदर मत कम गर्ने उद्वेश्यले स्वयंसेवकलाई मतदाता शिक्षा दिन गाउँ पठाउको हो ।

जिल्लामा जम्मा १ सय ४१ मतदान केन्द्रमा, एक मतदान केन्द्र, एक निर्वाचन शिक्षा कार्यकर्ता परिचालन गरिएको निर्वाचन अधिकारी अर्जुन राईले बताउनुभयो ।

१ सय ४१ जना स्वयंसेवकहरुले गाउँगाउँमा पुगेका स्वंयसेवकहरुले प्रत्येक मतदाताहरुको घर–घरमा पुगेर मतदाताहरुलाई मतदान प्रक्रियामा स्वस्तिक छाप कहाँ लगाउनुपर्छ ,प्रतिनिधिसभा र प्रदेशसभा चुनाव के हो ? कसरी कति जना प्रतिनिधिहरु चुनिन्छन् ? र के काम गर्छन् ? भन्नेबारे समेत मतदातालाई मतदाता शिक्षा दिईरहेका छन् ।

त्यसतै आज चिशखुगडी गाउपालीका ७ बसेरी आधारभुत बिद्यालयमा नमुना मतदान गराईएको छ । जम्मा ६० जना मतदातालाई नमुना मतदान गर्न लगाईएको निर्वाचन अधिकारी राईले बताउनुभयो ।