बाम गठ बन्धनको बृहत आमसभा बहादुर गंजमा सम्पन्न

अराज सिहं बेल्बासे/

कपिलवस्तु,कार्तिक,२७-

बहादुरगंज यस क्षेत्रको ठुलो ब्यापारिक स्थान थियो पहाड बकाट नुन लिन आउने ठाउँ आज आउदा हिड्न सक्ने अबस्था छैन जिल्लाकै बिकसित ठाउँ बहादुरगजं आज बिलाएर गयो त्यसको कारण राम्रो प्रतिनिधी जान नसक्नु भएकोले हिजोको बिकशित बहादुरगजं फेरी हेर्नको लागी बाम उमेदवार लाइ भोट हाल्न कपिलबस्तु क्षेत्र नम्बर ३ मा प्रतिनिधीसभा उमेदवार इश्वर दयाल मिश्रले अनुरोध गर्नु भएको छ ।

बहादुरगंजमा भएको जनसभालाइ सम्भोधन गदै नेता मिश्रले देशकै दोस्रो ठुलो नाका कृष्णनगर देशकै फोहोर अब्यवीस्थित सहरको रुपमा परिणत भएकोले लामो समय सम्म यो क्षेत्रको प्रतिनिधित्व गर्न संसदमा यस स्थानबाट पठाउदा पनि आफ्नै गाउं समेत परिर्वतन गर्न नसक्ने प्रतिििनधी बाट यो ३ नम्बर क्षेत्रको परिर्वतन सोच्नुको अर्थ नरहेको बताउनु भयो ।

छोटो समय सरकारमा रहेको बेला आफुले गरेका बिकासनै यस क्षेत्रको बिकास भएको तर अरु कसैले कुनै काम गर्न नसकेको आफना कार्यक्रता पोछने काम मात्र भएकोले अब पुर्ण बिश्बासका साथ बाम उमेदवारलाइ भोट दिएर बिजयी गराउन अनुरोध गदै अन्य प्रतिनिधीले १५ बर्षमा गर्न नसकेको काय यस क्षेत्रमा आफु हरुले ५ बर्षमा गर्न नसके राजनिती बाटै सन्यास लिने बताउनु भयो ।

कार्यक्रममै बोल्दै एमालेका युवा नेता मिर्जा अरसद वेगले हिजो सदभाव बिग्रादै राजनिती गर्न हरु लाइ जिताएर भुल नर्गन मतदाता लाइ अनुरोध गर्नु भयो । हिजो पहाडी लाइ भगाउछु भन्ने हरु पनि अहिले सकृय भएको ,हिजो मुस्लिमको एक भोट चाहिदैन भन्ने हरु सकृय भएको , हिजो गणतन्त्र , र सबिधान नमान्ने हरु सकृय भएकोले यस्ता उमेदवार हरु प्रति सचेत रहन अनुरोध गर्नु भयो ।

बाम उमेदवार हरु कहिले सदभाव नबिग्राने हरेक जाती धर्मको सम्मान गर्ने भएकोले पनि बाम उमेदवार लाइ बिजयी गराउन अनुरोध गर्नु भयो साथै जनताले साहेमा आफु मुस्लिम भए पनि ८० प्रतिशत हिन्दु भएको देशमा हिन्दु राष्ट बनाउन आफु लागि पर्ने समेत उहाँले बताउनु भयो ।

यस्तै कार्यक्रममा प्रदेश सभा १ का उमेदवार अर्जुन केसीले बहादुरगज हस्पटाल कृष्णनगर अस्पतालको स्तर उन्नोती चन्द्रौटामा टर्मा सेन्टर बराबरको अस्पताल निमार्ण गर्ने उपचारको लागी बाहिर जानु पर्ने झन्जट बाट मुक्त गराएरै छाडने बताउनु भयो । ५ बर्ष भित्र राप्ति नदिको पानी डमइर्भसन गरि जिल्ला लाइ सिचाँइयुत्त , गर्ने समेत बताउनु भयो ।

कार्यक्रममा नेत्रराज अधिकारीको अध्यक्ष्ता प्रमुख अतिथी शफर अलि मिया ,बिशिष्ट अथिती डिल्लिराज भुसाल प्रदेश सभा २ का उमेदवार जाबेद आलम ,शुशिल श्रवास्तवश,करम हुसेन,दिनेश पुन, समानुपातिक उमेदवार शिराज खान लगाउतको आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।