जापानले दियो नेपाललाई २ अर्ब ६१ करोड रुपैयाँ अनुदान

खानेपानी आयोजनामा खर्च गरिने

अर्थसचिव मधुकुमार मरासिनी र राजदूत किकुता युटाका ।

काठमाडौं,फागुन,२६-जापान सरकारले नेपाललाई २ अर्ब ६१ करोड रुपैयाँ बराबर अनुदान सहायता उपलब्ध गराएको छ ।

अनुदान सम्झौतासम्बन्धी पत्रमा बिहीबार अर्थ सचिव मधुकुमार मरासिनी र नेपालका लागि जापानी राजदूत किकुता युटाकाले हस्ताक्षर गर्नु भएको हो ।

जापानले उपलब्ध गराउने यो अनुदान रकम विराटनगरबासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन ‘विराटनगर खानेपानी सुधार आयोजना’ कार्यान्वयनमा खर्च गरिने मन्त्रालयले जनाएको छ ।

Image Not Foundअहिले अधिकांश विराटनगरबासीहरु दैनिक घरायसी उपयोगका लागि आवश्यक पानीका लागि ट्युबेलमाथी निर्भर हुनु परेको छ । 

नेपाललाई सबैभन्दा धेरै अनुदान सहयात दिने मुलुकमध्ये जापान अहिले अग्रस्थानमा रहेको छ ।