
काठमाण्डौं,साउन,३-प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा केपी ओली पक्षका ८ सांसदले फ्लोर क्रस गरेका छन् ।
ओली पक्षका फ्लोर क्रस गरि देउवालाई विश्वासको मत दिने ओली पक्षका ८ सांसदरूमा प्रेम आले, हिराचन्द्र केसी,कृष्णकुमार श्रेष्ठ किसान,पावर्ती विसङखे,कलिला खातुन,विनादेवी बुढाथोकी, धनबहादुर बुढा र समिमा हुसेन रहेका छन्।
यस्तै, देउवाको पक्षमा मतदान गर्ने नेपाल पक्षका सांसदहरूमा माधवकुमार नेपाल, रामकुमारी झाक्री, मेटमणी चौधरी, विरोध खतिवडा, मुकुन्द न्यौपाने, निरादेवि जैरु, जीवनराम श्रेष्ठ, सरला गुरुङ, लक्ष्मी चौधरी, पुष्पा कर्ण, कृष्णलाल महर्जन, भवानी खापुङ, कल्याणी खड्का, सरला यादव र गोपाल बम छन्।नेपाल पक्षका १० सांसद भने मतदान प्रक्रियामा सहभागी भएनन्।