काठमाडौँ,साउन,३-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वासको मत प्राप्त गर्ने वित्तिकै प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिनुभएको छ।
आइतबार साँझ संसदबाट विश्वासको मत प्राप्त गरेपछि ट्विट गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपाल भारतबीचको सम्बन्धलाई अझ सशक्त बनाउन काम गर्न प्रतिक्षारत रहेको बताउनुभयो।
‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा सफल कार्यकालको कामना। सबै क्षेत्रमा रहेको अद्वीतीय साझेदारीलाई अझ मजबुत बनाउनका लागि तपाईसँग काम गर्न प्रतिक्षारत छु र जनता जनताबीचको गहिरो सम्बन्धलाई सशक्त बनाउनु छ’ मोदीले भनेका छन्।
Congratulations Prime Minister @DeubaSherbdr and best wishes for a successful tenure. I look forward to working with you to further enhance our unique partnership in all sectors, and strengthen our deep-rooted people-to-people ties.
— Narendra Modi (@narendramodi) July 18, 2021
प्रधानमन्त्री नियुक्त हुने वित्तिकै देउवालाई मोदीले बधाई नदिएको विषयलाई चासोका साथ हेरिँदै आएको थियो।आइतबार प्रतिनिधिसभा भएको मतदानमा प्रधानमन्त्री देउवाको पक्षमा १ सय ६५ मत परेको थियो।