कर्णाली प्रदेशले बढायो बजेट खर्च

फाईल तस्विर !!

सुर्खेत,साउन,४-कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷७८ मा विनियोजित बजेटको ६५ प्रतिशत खर्च गरेको छ । कोरोना महामारीबीच पनि प्रदेश सरकारले विनियोजित बजेटमध्ये पूँजीगततर्फ ७० दशमलव ६३ र चालूतर्फ ५७ दशमलव ८७ प्रतिशत खर्च गरेको हो । 

गत आर्थिक वर्षमा प्रदेश सरकारले ल्याएको कुल बजेट ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजारमध्ये पूँजीगततर्फ १९ अर्ब ६ करोड ९१ लाख तथा चालूतर्फ १४ अर्ब ६७ करोड २२ लाख विनियोजन गरेको थियो ।

प्रदेश सरकारले आव २०७४/७५ मा ७ दशमलव ४२, २०७५/७६ मा ३५ दशमलव ३७ र २०७६/०७७ मा ४९ दशमलव १४ प्रतिशत खर्च गरेको थियो । प्रदेश लेखा नियन्त्रक कार्यालयले २०७६/७७ वर्षभन्दा गत आव २०७७/७८ मा ३२ दशमलव ४४ प्रतिशत बजेट खर्च बढी भएको बताएको छ । रासस