नयाँ सरकारको पहिलो क्याबिनेट बैठकः के के परे प्राथमिकतामा

काठमाण्डाैं,जेठ,२४-

प्रधानमन्त्री बनेपछि शेरबहादुर देउवा नेतृत्वको सरकारको पहिलो मन्त्री परिषदको बैठक बसेको छ ।

आज बसेको मन्त्रिपरिषदको पहिलो बैठकले सरकारका प्राथमिकता निर्धारण गरेको छ । सिंहदरबारमा बसेको बैठकले संविधान कार्यान्वयनदेखि सुशासन र आपूर्ति व्यवस्थापनसम्मका विषयलाई समेट्दै प्राथमिकता निर्धारण गरेको हो ।

संविधान कार्यान्वयनलाई सरकारले पहिलो प्राथमिकतामा राखेको अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले बताउनु भयो । सञ्चार मन्त्री नियुक्ती नभइसकेकाले सरकारको प्रवक्ताको रुपमा कार्की रहनु हुने छ ।

यसैगरि बैठकले स्थानीय तहको बाँकी निर्वाचन तथा आगामी माघ ७ गतेभित्र संघीय र केन्द्रीय संसदको निर्वाचन सम्पन्न गर्नेलाई महत्वका साथ लिएको छ। त्यस्तै सरकारले भूकम्पपछिको पुनर्निर्माण तीब्रता दिने निर्णय गरेको छ ।

साथै शान्ति सुरक्षासहित सुशासन र दैनिक आवश्यकताको परिपूर्तिको जनतासम्म प्रत्याभूति गराउने निर्णय समेत आज बसेको पहिलो बैठकले गरेको छ । बैठकले शान्ति प्रकृयालाई पूर्णता दिने निर्णयसमेत गरेको छ ।नेपालवाणीवाट