पश्चिम दाङमा निर्वाचन सामाग्री लुटियो

मतदाता शिक्षा दिन गएका बाट सामाग्री लुटिनु रहस्यमय भएको भनाई

 नरेश खड्का,

दाङ,असार,४-

शान्ति नगरगाँउपालिका दाङमा खटिएका २ जना मतदाता शिक्षा कार्यकर्ताबाट मतदाता शिक्षा सामाग्री लुटिएका छन् । शान्तिनगर गाँउपालिका वडा नम्वर ३ मा खटिएका बिमला खडका केसी र गीता भण्डारीलाई एक समुहले शनिबार बिहान ११ बजेतिर लुटेका हुन ।

मुखमा पट्टी बाध्येका ४÷५ जनाको एक समुहले उनिहरुको साथमा रहेका मतदाता शिक्षा सामाग्री लुटेको बताईएको छ । मतदाता शिक्षा दिन बाँकी रहेको भन्दै जनता प्राथमिक भलानेटीमा पुगेका बिमला र गीतालाई उक्त समुहले नियन्त्रणमा लिई मतदाता शिक्षा सामाग्री लुटपाट भएको खबर आएको शान्ति नगरगाँउपालिका निर्बाचन अधिकृत कृष्णप्रसाद खरेलले जानकारी दिए ।

उनीहरुको साथमा रहेको मोवाईल समेत सुईच अफ भएको र सम्पर्कमा पनि नआएकाले अबस्थाका बारेमा केही भन्न नसकिने उनले बताए । शान्तिनगर गाँउपालीकामा खटिएको सशस्त्र प्रहरीका प्रहरी निरिक्षक कमल थानिले अनुसन्धान भईरहेको र निर्बाचन बिरोध गतिबिधी गर्ने समुहले हल्ला मचाई आतंकीत बनाउन खोजेको हुन सक्ने आशंका गरेका छन ।

जिल्लामा रिपोर्टीङ गरिएको र सवारी साधानको अभावका कारण त्यहासम्म पुग्न अझै नसकिएको उनले बताए। मतदाता शिक्षा केही दिन अघि देखि नै रोकिएको अबस्थामा मतदाता शिक्षा कार्यकर्ता मतदाता शिक्षाका लागि जानु र लुटिनु भन्ने हल्ला सार्बजनीक हुनु उक्त घटनालाई रहस्यमय रुपमा हेरिएको छ ।