ब्रेकिङ न्यूज : बाँकेमा काँग्रेस उम्मेदवारले दलबलसहित मनोनयन दर्ता गर्दै

अहिले काँग्रेसका उम्मेदवारसहित नेता तथा कार्यकर्ताहरु पार्टी कार्यालयमा पुग्नेक्रम जारी

बाँके,असार,४-

आज बाँकेमा बिभिन्न राजनीतीक दलका उम्मेदबारहरुले मनोनयन दर्ता गर्दैछन् । आठ स्थानीय तह र ८१ वटा वडा रहेको बाँकेमा काँग्रेस उम्मेवारले आज दलबलसहित मनोनयन दर्ता गर्दैछन । नेपालगन्ज उपमहानगरपालिकामा काँग्रेसले विहान ११ बजे क्षेत्रीय निर्वाचन कार्यायलमा उम्मेदवारी दर्ता गर्दैछ ।

मेयरमा चर्चित डाक्टर सुरेशकुमार कनोडिया र उपमेयरमा युवा नेतृ उमा थापामगरलगायत २३ वटै वडाका वडाअध्यक्षसहित सदस्यहरुले उम्मेदवारी दर्ता गराउनु हुने छ । अहिले वडावडा तहबाट उम्मेदवारसहित नेता तथा कार्यकर्ताहरु पार्टी कार्यालयमा पुग्नेक्रम जारी छ ।

कोहलपुरमा पनि बाजागाजासहित काँग्रेस उम्मेदवारले मनोनयन दर्ता गर्दैछन । मेयरका उम्मेदवार भानभुक्त भट्टराई र उपमेयरका उम्मेदवार सन्जुकुमारी थारुससहित १५ वटै वडाका अध्यक्षसहित सदस्यहरु दिउँसो १ बजे नगर विकास समितिमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ताका लागि पुग्ने छन ।

खजुरा, राप्तीसोनारी, नरैनापुर, जानकी, डुडुवा र बैजनाथ गाउँपालिकाका उम्मेदवारले पनि उम्मेदवारी दर्ताको तयारी गरेका छन । निर्वाचन अधिकृतका कार्यालयहरुले उम्मेदवारी दर्ताका पार्टीहरुलाई छुट्टाछुट्टै समय निर्धारण गरेकाले त्यसै अनुसार काँग्रेसी उम्मेदवार मनोनयन दर्ताको तयारी गरेका हुन् ।